एसिस कौरको कन्सर्ट हुने



बलिउडकी गायिका एसिस कौरको कन्सर्ट राजधानीमा हुने भएको छ। आगामी जनवरी ८ मा क्लब प्लेटिनममा राता लम्बिया नाइट विथ एसिस कौर हुने भएको हो।

फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो। कार्यक्रममा एसीस कौरका अलावा नेपाली गायक यावेश थापाको समेत प्रस्तुति रहनेछ।

एसिस कौरको पछिल्लो समय राता लम्बिया गीत निकै हिट छ। कौरले इन्डियन आइडल, आवाज पञ्जाब दीलगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा खुदा हाफिज फिल्मको जान बन गए बोलको गीतले उनलाई चर्चा दिलाएको थियो। कौरले तमाचे फिल्मको दिलदारा रिप्राइज मार्फत् बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसयता उनले बलिउडका थुप्रै फिल्ममा गाउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्