एनएमबी र सिफेमबीच ऋण लगानी सम्झौता



काठमाडौं ।

एनएमबी बैंक लिमिटेडले स्वीस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलरको ऋण सम्झौता गरेको छ । सिफेमबाट नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ सिफेम र स्विस विकास सहयोग एसडीसी बीच एक समारोहका बीच सम्झौता भएको हो ।

सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसीले सिफेमलाई जोखिम बाँडफाँडको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधीकरण गर्दै दिगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने बताइएको छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न, वित्तीय पहँुच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको प्रवद्र्धन गर्न, रोजगारी बढाउन र स्थानीय अर्थतन्त्र उकास्न प्रयोग गरिने उल्लेख छ ।

उक्त सम्झौता सन्दर्भमा, नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले स्विस सहकार्यमा नयाँ अध्यायको सुरुआत भएको र उक्त लगानीबाट नेपाली लघु तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन सहयोग पुग्ने बताउनु भएको छ । त्यस्तै, उक्त अबसरमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सो कदमबाट साना व्यवसायलाई निर्वाध रूपमा नगद प्रवाहमा पहुँच हुँने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्