टोयोटा नेपालले अपग्रेड क्याम्प आयोजना गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले अफ्नो जुन सुकै कारलाई नयाँ टोयोटा कोरोला क्रस, राईज र अन्य टोयोटाका मोडलहरुसँग साट्न सक्ने छन् ।

आयोजना हुन लागेको यस कार्यक्रमको माध्यमबाट युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताइएको छ ।

अपग्रेड क्याम्पमा युटिएसले शर्तहरु लागु हुनेगरि प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन, आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्