भारत र भियतनामबीच रक्षा साझेदारी निरन्तर अगाडि बढ्दैछः राष्ट्रपति कोविन्द



इन्डिया न्युज नेटवर्क ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले आइतबार भारत र भियतनामबीच नेतृत्वस्तरमा उत्कृष्ट सम्बन्ध रहेको र दुई देशबीच रक्षा साझेदारी निरन्तर अगाडि बढ्दै गएको बताएका छन् । उनले राष्ट्रपति भवनमा भियतनामी समाजवादी गणतन्त्र राष्ट्रिय सभाका अध्यक्ष वुङ डिन्ह ह्युको नेतृत्वमा आएका भियतनामी संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यस सन्दर्भमा राष्ट्रपतिले भनेका छन्, ‘आज हाम्रो द्विपक्षीय बृहत् रणनीतिक साझेदारीले राजनीतिक संलग्नतादेखि व्यापार र लगानी सम्बन्ध, ऊर्जा सहयोग, विकास साझेदारी, रक्षा र सुरक्षा सहयोग र जनता–जनताबीचको सम्बन्धसम्मका व्यापक क्षेत्रहरू समेटेको छ ।

कोभिड–१९ महामारीका कारण अवरुद्ध झेल्नु परे पनि पनि भारत र भियतनामबीच आर्थिक संलग्नताले सकारात्मक दिशा कायम राखेको उनले उल्लेख गरेका छन् । भारत र भियतनाम बीच रक्षा साझेदारी निरन्तर बढ्दै गएकोमा पनि उनले खुशी व्यक्त गर्नुभयो । दुई देशहरू बीचको बलियो रक्षा सहयोगले यस क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धिमा योगदान पुर्याउने उनको तर्क थियो ।

सन् २०१८ मा आफूले गर्नुभएको भियतनाम भ्रमणको स्मरण गर्दै राष्ट्रपतिले भियतनामको समृद्ध सांस्कृतिक सम्पदा आफैंले देखेको र अनुभव गरेको बताएका छन् । यसका साथै दुवै देशबीच साझा बौद्ध धार्मिक भावना पनि रहेको उनले उल्लेख गरेका छन् । बहुपक्षीय मञ्चमा भारत र भियतनामबीचको सहयोगको बारेमा बोल्दै राष्ट्रपति कोविन्दले संयुक्त राष्ट्र र अन्य मञ्चमा समन्वयित प्रयासहरूले बहुसंख्यक विकासशील देशहरूलाई आवाज दिएको बताएका छन् ।

भारत र भियतनामले अन्तर्राष्ट्रिय कानुनद्वारा शासित हिन्द प्रशान्त क्षेत्रमा स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध, समावेशी र नियममा आधारित हिन्द प्रशान्त क्षेत्रमा योगदान दिन आसियानसँग काम गर्ने ।

प्रतिक्रिया दिनुहोस्