महिलाको पेन्टि मास्कको रूपमा प्रयोग



वासिंगटन, (एजेन्सी) ।

महिलाको अन्डरवियर फेस मास्कको रूपमा प्रयोग गरेको कारण अमेरिकामा एकजना पूरुष यात्रुलाई विमानबाटै निकालिएको छ । सोहि विमानमा सवार अर्को एक यात्रुले खिचेको यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । भिडियो फुटेजमा फोर्ट लडरडेलबाट वासिंगटनतर्फ उड्न लागेको सो विमानमा एडम जेन्ने नामक ती व्यक्ति गुलावी रंगको पेन्टी मुखमा लगाएर सिटमा बसिरहेको देखिन्छन् ।

उनले सरकारले विमानभित्र कोरोना भाइरस विरुद्धको सुरक्षा उपायको रूपमा मास्क लगाउनु पर्ने गरी बनाएको नियमको विरोधमा आफूले यस्तो व्यवहार गरेको बताएका छन् । भिडियोमा एकजना फ्लाइट एटेन्डेनटले, ‘तपाईं विमानबाट ओर्लनु पर्दछ । हामी तपाईलाई यात्रा गर्ने दिने छैनौं’ भनेको तथा फ्लोरिडा निवासी जेन्नेले, ‘किन, त ?’ भनी गरेको प्रश्नको जवाफमा एटेन्डेन्टले, ‘ तपाईंले मास्कको नियम पालना गर्नुभएको छैन ।’ भनेको सुनिन्छ ।

३८ वर्षीय जेन्नेलाई यसरी विमानबाट निकाल्न लाग्दा उनको समर्थन गर्दै अन्य यात्रु पनि विमानबाट निस्कन्छुं भन्दै उठेको पनि देखिन्छ । यसअघि पनि यस्तै व्यवहारको कारण उनलाई डेल्टा एयरलायन्सको उडानबाट निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्