गाउँमा जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता हुने



हेटौंडा, (नेस) ।

पहिलो संस्करणको मकवानपुर जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुस १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लब अध्यक्ष राजेश अधिकारीले बताए । प्रतियोगितामा तृतीय हुनेलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेस्ट स्पाइकरलाई २ हजार, वेस्ट सेटरलाई २ हजार, वेस्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब १४ टिमले नाम दर्ता गर्ने अनुमान आयोजकको छ । प्रतियोगितालाई मकवानपुरगढी गाउ“पालिकाले प्रायोजन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्