सुआईले भनिन्, ‘यौन शोषण भएको छैन’



लन्डन, (एजेन्सी) ।

चिनियाँ टेनिस स्टार पेन्ग सुआईले आफूमाथि यौनशोषण भएको आरोप अस्वीकार गरेकी छन् । यसअघि, उनले आफूमाथि चिनियाँ नेताले यौन शोषण गरेको भन्दै पोस्ट गरेकी थिइन् । उक्त पोस्टसँगै सुआई गायब भएकी थिइन् । लामो समयपछि उनले एक मिडियामा दिएको अन्तर्वार्तामा यौन शोषण नभएको सो पोस्टबारे गलतफहमी भएको बताइन् ।

वोमेन टेनिस एसोसिएसन (डब्ल्यूटीए) ले सुआईको उक्त अस्विकार्यतालाई गम्भीरताका रूपमा लिएको जनायो । सिंगापुर र चिनियाँ भाषाको अखबार लिआन्हे जाओबाओलाई दिएको अन्तर्वार्तामा सुआईले बताएकी थिइन—यौन दुव्र्यवहार भयो भनेर मैले कहिल्यै भनेको छैन न मैले यस्तो पोस्ट गरेकी छु ।

सुआईले गत नोभेम्बरमा चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उनलाई झांग गाओली नामका नेताले जबर्जस्ती यौन सम्पर्क गरेको भन्दै करिब १६ सय शब्दको स्टाटस लेखेर राखेकी थिइन् । तर, अहिले उनले दिएको अन्तर्वार्तामा यस्तो कहिल्यै नलेखेको र नभनेको भन्दै उनले अस्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्