अनमोल स्मृति बास्केटबल हुने



काठमाडौं ।

शिव सेना, ललितपुरको आयोजनामा ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’ पुस १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजय मानन्धरले जनाएका छन् । सहभागी टिमले विदेशी खेलाडीलाई पनि राख्न पाउने प्रावधान राखिएको आयोजकले जनाएको छ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । पुस २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ । खेल लिग कम नकआउट आधारमा खेलाइने छ । स्व. अनमोल राई बास्केटबलका प्रशिक्षक र निर्णायक थिए ।

प्रतिक्रिया दिनुहोस्