साफ उपविजेता नेपाली टिमका खेलाडी सम्मानित



काठमाडौं ।

साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बनेको नेपाली टिमका खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रमा टिमका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपियाँ पदान गरेका हुन् ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको नेपाल फाइनलमा पराजित भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले पहिलो पटक फाइनल खेलेको हो । तर, फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपाधि विमुख भएको थियो ।

प्रतिक्रिया दिनुहोस्