सीतारामको काँडा उम्रियो सार्वजनिक (भिडियोसहित)



गायक सीताराम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। सीतारामले काँडा उम्रियो बोलको गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ। पोखराको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा जीवेश गुरुङ र स्मारिका ढकालको अभिनय र नृत्य रहेको छ।

नेत्र गुरुङले निर्देशन रहेको भिडियोमा मिलन शंकरको छायांकन र प्रवीण भट्टको सम्पादन रहेको छ। म्युजिक भिडियो डीएआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्