टीभीएसको नयाँ शोरुम अत्तरियामा



काठमाडौं, (नेस) ।

शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले कैलालीको अत्तरियामा एक्स्क्ल्यूसिव थ्री एस (सेल्स, सर्भिस एन्ड स्पेयर्स) को नयाँ शोरुम, बागेश्वोरी मल्टी मोटर्स स्थापना गरेको छ ।

उक्त शोरुम कैलाली गोदावरीका उपमेयर रत्ना कदायरले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले ग्राहकले अत्याधिक रुचाएको ब्रान्ड, टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हर्षित भएको उल्लेख गर्दै नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गने बताउनुभयो ।

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले युवा लक्षित १ सय २५ सीसी श्रेणीअन्तर्गतको अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्