डा. नूतन नर्भिकमा



काठमाडौं, (नेस) ।

वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्णकालीन सेवा शुरू गर्नुभएको छ । करिब १५ वर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा शुरू गर्नुभएको हो ।

अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टरसमेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त्य गर्नुभएको थियो । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आईभीएफ सेन्टरमार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरू गरेको जानकारी दिनुभयो ।

स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आबद्ध भएको डा. शर्माले बताउनुभयो ।

नर्भिक आईभीएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेस्टट्युब बेबी सेवा सञ्चालन भएकाले बिरामीले तुलनात्मक रूपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्