काठमाडौ विश्वविद्यालयको पहिलो चरणको २७ औं दीक्षान्त समारोह

‘विद्यार्थी विदेशिने क्रम रोकौं: सह कुलपति पौडेल



मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौ विश्वविद्यालयले २७ औं दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमा सहकुलपति शिक्षा मन्त्री देवेन्द्र पौडेलले कुलपतिले गर्ने दीक्षान्त प्रतिज्ञा गराउनु भएको थियो ।

भारतीय विश्वविद्यालय संघका महासचिव डा। श्रीमती पंकज मित्तलको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको थियो । दीक्षान्त समारोहमा बोल्दै पंकच मित्तलले नेपालको शिक्षामा काठमाडौ विश्वविद्यालयको योगदन अतुलनीय रहेको बताउनु भयो । ‘शिक्षालाई सिप र व्यवहार उपयोगी बनाउँदै राष्ट्र निर्माणमा लगाउन जरुरी छ’–डा.श्रीमती पंकज मित्तलले भन्नुभयो–‘त्यसका लागि काठमाडौ विश्वविद्यालय सक्षम छ ।

दीक्षान्त समारोहमा बोल्दै सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले काठमाडौ विश्वविद्यालयको प्रमाणपत्र लिएर जाने विद्यार्थीहरुलाई रोजगार तथा अवसरका लागि नामै काफि भएको बताउनु भयो । ‘दक्ष जनशक्ति उत्पादन गरी बजारमा प्रमाणपत्र विक्ने खालको शिक्षा काठमाडौ विश्वविद्यालयले तयार गरेको छ’–सहकुलपति देबेन्द्र पौडेलले भन्नुभयो–‘शिक्षालाई सिप र सिपलाई उत्पादनसँग जोडिनु पर्छ ।’ हरेक वर्ष विद्यार्थी अध्ययन गर्न विदेशिने क्रम रोक्न काठमाडौ विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरुको गुणस्तर तथा अवसरमा ध्यान दिनु पर्ने पौडेलले बताउनु भयो ।

‘समुदायमा जान सक्ने शिक्षाका लागि गुणस्तरीय प्राध्यापक छनौट गरिनु पर्छ, सहज वातावरण आवश्यक छ’–उहाँले भन्नुभयो –‘राजनीतिक हस्तक्षेप मुक्त विश्वविद्यालय निर्माण गरी गुणस्तरीय शिक्षामा जोड दिनु पर्छ ।’ शिक्षा विकास र समृद्धीको मुल बाटो भएकाले दिगो विकास लक्ष्य प्राप्ती शिक्षाले मात्रै दिन सक्ने उहाँले बताउनु भयो । काठमाडौ विश्वविद्यालयबाट दिक्षित सबै विद्यार्थीहरु त्यहि अभियानमा सक्रिय हुन उहाँले अनुरोध गर्नु भयो । कुलपति देउवाको शुभकामना मन्तव्य उपकुलपति डा. भोला थापाले वाचन गरेर सुनाउनु भएको थियो ।

कुलपति डा। भोला थापाले विश्वविद्यालय स्थापनार्थ संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले लिएको लक्ष्य र उद्देश्य प्राप्तीमा विश्वविद्यालय सक्षम हुँदै गएको बताउनु भयो । काठमाडौ विश्वविद्यालय नलेज सेन्टरका रुपमा स्थापित भएको बताउँदै उपकुलपति डा. भोला थापाले वर्षेनी ६० देखि ७५ हजार नेपाली युवा विद्यार्थीहरुहरुको विदेश अध्ययनका लागि पलायन हुने र त्यो जनशक्ति विरलै मुलुक फर्कने गरेका कारण हरेक वर्ष कम्तिमा १ खर्ब रुपैया बाहिरिने क्रम रोक्न विश्वविद्यालयको शिक्षा सबल हुन आवश्यक रहेको बताउनु भयो । ‘काठमाडौ विश्वविद्यालय पूर्वाधार, प्राज्ञिक जनशक्ति र पहुँचको विस्तारका लागि तयार छ’–उपकुलपति डा। भोला थापाले भन्नुभयो–‘सरकारले उदार मनले सघाउने हो भने मुलुकको आर्थिक तथा सामाजिक विकासमा थप उल्लेखनीय योगदान पु-याउन तत्पर र उत्सुक छ ।’

 

दीक्षान्त समारोहमा पिएचडी गर्ने रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, सुशिला श्रेष्ठ, दिवाकर विष्ट, राम लामा, सञ्जय हमाल, लिना गुरुङ्ग, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले, दिपक खनाल र रोहितकुमार मिश्रलाई सहकुलपति पौडेलले उपाधि प्रदान गर्नु भएको थियो ।

दीक्षान्त समारोहमा स्कुल अफ साईन्सका डीन डा। कन्हैया झा, स्कुल अफ म्यानेजमेन्टका डीन डा। देबीप्रसाद विडारी, स्कुल अफ इन्जिनियरिङ्गका डिन डा मनिष पोखरेल, स्कुल अफ एजुकेसनका डीन डा।बालचन्द्र लुईटेल, स्कुल अफ आर्टसका डीन सुश्री एक्कु माया पुन, स्कुल अफ मेडिकल साईन्सका डीन डा। राजेन्द्रप्रसाद कोँजु, स्कुल अफ लका डीन डा। ऋषिकेष वाग्लेले उपाधि पाउने विद्यार्थीहरुको योग्यताको प्रमाणस्वरुप प्रदान गरिने सम्वन्धित तहको उपाधिपत्र ग्रहणका लागि अनुरोध गर्नु भएको थियो । रजिस्ट्रार प्रा।डा सुबोध शर्माले दीक्षान्त समारोह आरम्भ गर्न सहकुलपति देबेन्द्र पौडेललाई अनुरोध गर्नु भएको थियो ।

१४४९ दीक्षित

काठमाडौ विश्वविद्यालयको पहिलो चरणको दीक्षान्त समारोहमा आर्टस, एजुकेसन, इन्जिनियरिङ, ल, ब्यवस्थापन, मेडिकल साईन्सेज र साईन्स विद्याका १२ जना पीएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित हुनेछन् । ति मध्ये आर्टसका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना रहेका छन् ।

दीक्षित मध्ये महिला ५१.५५ प्रतिशत अथार्त ७ सय ४७ जना र ४८.४५ प्रतिशत ७ सय २ जना रहेका छन् । बंगलादेश, बेनिन, निदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुस गरी ८ देशिका १ सय २३ जना विदेशी विद्यार्थी पनि दीक्षित हुनेछन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक मास्टर इन पब्लिक पोलेसी र म्यानेजमेन्टमा ११ जना, मास्टर इन इनर्जी इफिसिएन्ट विल्डिङ्ग डिजाईनमा ३ जना र मास्टर वाई रिसर्च इन सिभिल इन्जिनियरिङमा २ जना गरी १६ जनालाई काठमाडौ विद्यालयले उपाधि प्रदान गर्दैछ । २७ औ दीक्षान्त समारोहसम्म ३६ हजार ६ सय २४ जना विद्यार्थीलाई दीक्षित गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्