अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् । शेरबहादुर देउवा र शेखर कोइरालाबीच सभापतिका लागि प्रतिस्पर्धा भइरहेको हो । मतदान सकिएपछि रातिदेखि नै मतगणना गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्