सभापतिको मतगणना आज राति १० बजेबाट



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ।

मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको हो । आज सभापतिको मतगणना सकिएपछि अन्य पदको भने पर्सि बिहिबारदेखि मात्रै मतगणना हुने बताइएको छ ।

सभापतिको दोस्रो चरणको मतदानमा हालसम्म २ हजार मत खसिसकेको छ। कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच सभापतिको लागि प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्