जगदम्बा सुपर शाइनको शिविर



काठमाडौं, (नेस) ।
जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिलअन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भाप्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । विवाह पञ्चमीमा भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको हो ।

जगदम्बा सुपर शाइन र ग्याल्भाप्लसद्वारा संयुक्तरुपमा आयोजित उक्त शिविरमार्फत श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो ।

‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्व बोकेको यस पर्वमा पाल्नु हुने समस्त भक्तजनहरुको निस्वार्थ सेवाका साथै सांस्कृतिक प्रवद्र्धनमा समेत तेवा पुर्याउने उद्देश्यका साथ हामी महोत्सवमा सहभागी भएका हौं । यसरी हजारौं मानिसको सेवा गर्न पाउ“दा हामी हर्षित तथा गौरवान्वित छौ,’ कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्