रातो मच्छिन्द्रनाथलाई बुङ्‌मतीबाट तःबहाल लगियो (फोटो फिचर)



न्युज अफ नेपाल, ललितपुर ।

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्‌मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्‌मती राखिने चलनानुसार दिउँसो तःबहाल लगिएको हो।

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्