मिलन बावु मल्ल आफ्नो यात्रालाई निरन्तरता दिँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नाडा अटोमोवाईल्स एसोसिएसनमा नयाँ नेतृत्वका लागि भोलि निर्वाचन  हुँदै छ । एसोसिएसनको ४५ औ साधारणसभा  होटल सोल्टीमा शुरु भएको छ ।

निर्वाचनमा दुई समूह अहिले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । व्यवसायी करण चौधरी र ध्रुव थापाको समूह अहिले चुनावी मैदानमा खटिएका छन् । चौधरी समूहबाट एक जना व्यवसायी कार्यसमिति सदस्यमा आफूलाई उभ्याएका छन् । ती व्यवसायी हुन मिलनबाबु मल्ल,सानै उमेर देखि नै केही गर्नु पर्छ भन्ने प्रेरणा बोकेर अघि बढ्नु भएको थियो ।

आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोचले गोरखाबाट राजधानी छिर्नु भएका मल्लले व्यवसाय शुरु गर्नु अघि जागिरबाट अनुभव संगाल्ने सोच बनाउनुभयो । राजधानी प्रवेश गरेपछि मल्लले जागिर खाने मेसो खोज्दै जानु भयो उहाँको सोचलाई मोरङ अटोले पुरा गरिदियो ।  ३० वर्ष अघि उहाँले मोरङ अटोबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभयो । सेल्स असिस्टेन्टबाट उहाँले काम सुरु गर्नुभयो ।

कामप्रतिको इमानदारिता, लगनशीलता, सक्रियताबाट उहाँको तलब बढ्दै गयो, प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एमएडब्लुको काठमाडौं अपरेसन  हेर्ने जिम्मेवारी समेत पाउनु भएको थियो । झन्डै डेढ दशक लामो जागिरे जीवनपछि उहाँलाई अब आफैले केही गर्नु पर्छ भन्ने सोच पलायो । आकर्षक तलब हुँदा हुँदै उहाँले जागिर छोडेर आफ्नो व्यवसाय सञ्चालन गर्नु भयो । जसले जागिर खांदा जे सिकेको छ त्यही गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै मल्लले जागिर छोडे पनि एमएडब्लु र यामाहालाई भने छोड्न सक्नु भएन ।

मल्लले जागिरे जीवनबाट व्यावसायिक जीवनको शुरुवात गर्नुभयो । मल्ललाई एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि साथ दिनुभयो । २०६२ मा काठमाडौंको कुमारी पाटीमा रिसिक अटोमोबाइल्स प्रालिमार्फत यामाहाको शोरुम खोल्नु भएका मल्ल अहिले विभिन्न कम्पनीका मालिक हुनुहुन्छ  । उहाँले यामाहाको डिलर लिएर काम शुरु गरेको पनि १५ वर्ष भन्दा बढी भइसकेको छ ।

व्यवसायमा सफलता मिल्दै गएपछि उहाँले  रिकोल इन्भेष्टमेन्ट कम्पनी सञ्चालनमा ल्याउनु भएको छ ।  कुमारीपाटीबाट शुरु भएको मल्लको ब्यवसायिक यात्राले सफलता प्राप्त गरेपछि २०७५ मा ग्वार्कोमा यामाहाको अर्को शोरुम खोल्न सफल हुनु भएको थियो । केही समय अघि उहाँले बल्खुमा यामाहाकै तेस्रो शोरुम सञ्चालनमा ल्याउनु भएको छ । जुन नेपालकै उत्कृष्ट प्रविधि समावेश भएको सर्भिस सेन्टर सहितको शोरुम हो ।

मल्लले विगत ५ वर्षदेखि रिलायबल अर्थमुभर्स प्रालिमार्फत स्वयम्भुमा हेभी इक्युपमेन्टको शोरुम समेत सञ्चालनमा ल्याउनु भएको छ  । एमएडब्लुले आयात गर्ने यामाहा र हेभी इक्युपमेन्ट सबैभन्दा बढी बिक्री गर्ने डिलरमा उहाँ स्थापित हुनु भएको छ । उनले अहिले सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।मल्ल अटोमोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडामा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा समेत आबद्ध छन् ।

उनले नाडामा अहिले दोस्रो कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएको छ । दुई कार्यकालमा उहाँले हेभी इक्युपमेन्ट समितिको सभापति भएर काम गर्नु भएको छ । २ वर्षसम्म कार्यसमितिमा रहेर योगदान गर्नु भएका मल्ललाई आगामी कार्यकालको पदाधिकारीका रुपमा समेत हेरिएको छ ।

कार्यसमितिमा पदाधिकारी बन्नका लागि कार्यसमितिमा विजयी हुनै पर्ने बाध्यता उहाँमा रहेको छ । जित सुनिश्चित जस्तै भएपनि चुनावी मैदानमा भने उहाँले आफूलाई जिताउन मतदातासँग आग्रह गरिरहनु भएको छ । मल्लले भन्नुभयो–काम गर्दाको अनुभवदेखि व्यवसाय गर्दाको सम्पूर्ण अनुभव मसँग छ । सानादेखि ठुला सबै व्यवसायी र कामदारको पिरमर्का मैले बुझेको छु ।

प्रतिक्रिया दिनुहोस्