इन्धनको मूल्यवृद्धि घटाउन प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिपक्षी संयुक्त विद्यार्थी संगठनहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विद्यार्थी संगठनहरूले देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने र त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको दाबी गर्दै त्यसलाई सच्याउन माग गरिएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझीले प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझाउँदै आफूले सकारात्मक रूपमा लिएको र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए  । प्रधानमन्त्री देउवाले विद्यार्थी संगठनका माग ‘पोजिटिभ’ रूपमा लिएको बताएका छन् ।

अनेरास्ववियु अध्यक्ष सुनिता बराल, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही र राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्र प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्