शिक्षाको माध्यमबाट लैगिंक हिंसा अन्त्यका लागि बहस



हेटौडा । 

    लैगिंक हिंसाबिरुद्ध १६ दिने अभियान अन्र्तगत शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल मकवानपुरको आयोजनामा  एस्थर बेन्जामिन स्मृति संस्था, बाल कल्याण समाज मकवानपुर र मेन र्ईगेज लायन्सको समन्वयमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ को डिपाटमा लैगिंक समानताको लागि शिक्षाको आवश्यक  बहस कार्यक्रम सम्पन्न भएको छ ।

घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ संचालन भएको छलफल तथा अन्र्तकिया कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेशको संयोजक प्रकाश खतिवडाको प्रमुख आतिथ्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संजाल मकवानपुर का संयोजक बुद्ध वीर लामाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जनजाति उत्थान प्रा विका प्रधानाध्यापक देबराज प्रजा, शिक्षिका विष्णु मुक्तान, डिपाट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर मुक्तान, सामाजिक अभियन्ता हरि बहादुर लोप्चन, स्थानीय महिला अधिकारकर्मी उर्मिला, ईश्वरि माया प्रजा, तथा अभियन्ताहरु राजनप्रजा, अनु प्रजा, को आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मनहरि गाउँपालिकाको लैगिंक हिंसा बढि भएका क्षेत्रका, शिक्षाबाट बन्चित भएका समुदाय र चेपागं, जनजाती तथा सिमान्तकृत समुदायका अगुवा ब्यक्तित्वहरु गरि ७० जनाको सहभागिता रहेको थियो ।

अन्र्तक्रिया तथा छलफल कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक तथा मेन ईंगेज लायन्स मकवानपुरका संयोजक प्रकाश खतिवडाले सहजीकरण गर्दै हिंसा र हिंसाको प्रकार , लैगिंक हिंसा बारे , महिला तथा घरेलु हिंसा बारे , किशोरीहरूको महिनावारीका बेलामा विद्यालयमा भएको हाजिरीको अवस्था र उक्त समस्याको समाधानमा अभिभावकको भूमिका , बालबालिकाको शिक्षाको अधिकार, हिंसाका कारण र निवारणको उपायहरू, विपदको समयमा बालिकामा हुन सक्ने हिंसा , हिंसा अन्त्यका लागि शिक्षाको महत्त्व, शिक्षामा बन्चित हुनुकाे कारण, नेपालको संविधानमा महिलाको अधिकार र शिक्षाको अधिकार, दिगो विकास  बारेमा बताएका थिए ।

बालबालिकालाई विद्यालय भर्ना को लागिअभिभाबकको भूमिका, विद्यालयमा बालबालिकाको पढाई छोड्ने दर ड्रप आउड घटाउन अभिभावकको भूमिका के हुन सक्छ र महिला हिंसा अन्त्य गर्न र महिलालाई सम्मानित जीवनयापन गराउन पुरुषको भूमिका के हुन सक्छ भन्ने विषयमा  छलफल भएकाे थियो ।

जनजाती उत्थान प्रा‍ बि का प्रधानाध्यापक देबराज प्रजाले सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन अभिभाबक जिम्मेबार हुनु पर्ने र यसका लागि अभिभाबकहरुलाई लक्षितगर्दै अभिभाबक तालिम संचालन गर्न आग्रह गरेका थिए ।

शिक्षिका विष्णु मुक्तानले महिला हिंसा अन्त्य गर्न पुरुष वर्ग चेतन शिल हुन आवश्यक रहेकाे बताइन् , उनीहरूले  मद्यपान र धूम्रपानमा गरेको खर्चले आफ्ना छोराछोरीलाई सहजै पढाउन सक्ने भन्ने कुरा बुझ्न र बुझाउन सकियो भने बालबालिकाको विद्यालय छोड्ने दर घटने बताइन् । यसै गरी डिपाट सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष डम्बर बहादुर मुक्तानले सीमान्तकृत वर्ग लक्षित यस कार्यक्रम प्रभावकारी भएकोले यस्ता कार्यक्रम सचेतना जागृत गर्न आग्रह गरे ।

कार्यक्रमको सभाध्यक्ष शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संजाल मकबानपुर का संयोजक बुद्ध वीर लामाले यहाहरुको सक्रिय सहभागिताका कारण अब बालबालिकाको ड्रप आउट घट्ने, शिक्षाकै कारणले लैगिंक हिंसा अन्त्य हुने भएकोले बालबालिकालाई विधालय भर्ना गर्न जोड दिने प्रतिबद्धता व्यक्त भएको र महिला हिंसा अन्त्यका लागि पुरुषको सकारात्मक सोचको कार्यान्वयन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्