प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी अब २ वर्ष मात्रै जेल बस्नुपर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई अब  २ वर्ष मात्रै जेल राखिनेछ । म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलामा सुनाईको जेल अवधिमा आधा घटाइएको छ ।

सैनिक अदालतले गरेको उक्त निर्णय बारे म्यानमारको राष्ट्रिय टेलिभिजनहरुले पनि पुष्टि गरेका छन् । सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले सुकीलाई दुई फरक आरोपमा समान ४ वर्षको जेल सजाय सुनाएको थियो ।

७६ वर्षीया सुकीलाई गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता कब्जा गरेपछि नजरबन्दमा राखिँदै आएको थियो । म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्