नेप्सेमा ‘बाउन्स ब्याक’को सम्भावना



काठमाडौं, नेस ।

लगातार घटिरहेको शेयर बजार सोमबार केही सुधार भएको छ । यससँगै पुँजी बजारमा ‘बाउन्स ब्याक’को सम्भावना देखिएको छ । सोमबार बजार खुलेदेखि घटेको भए पनि अन्ततः सय अंकभन्दा बढीको उतारचढावका बीच नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक कारोबार बन्द हुने बेलासम्म ३२ दशमलव २२ अंकले बढेर २५४६ दशमलव शून्य ८ बिन्दुमा पुगेको छ ।

विश्लेषकका अनुसार शेयर बजार २५ सयभन्दा तल जान नपर्ने स्थिति हो तर सोमबार बजार घटेर २४ सयमा पुगेको थियो । कारोबारको मध्यान्तरपछि बजारमा सुधार देखिएको थियो । अब बजार यसभन्दा नजान सक्ने उनीहरूको दाबी छ । बजारमा एक वर्षभन्दा अघिको मूल्यमा शेयर पाइने अवस्था छ । अहिले खरिद गरेको स्थितिमा कतिपय कम्पनीको लाभांशसमेत पाउन सक्ने अवस्था रहेकाले केही समय ‘होल्ड’ गर्न सक्ने लगानीकर्ताले खरिद गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।

यस दिन कुल २२७ कम्पनीको ९४ लाख ७१ हजार कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार रुपियाँमा कारोबार भएको छ । सोमबार कारोबार भएका १३ वटै समूहको सूचक उकालो लागेको छ । जसमध्ये बैंकिङ समूह १३, व्यापार समूह ३ दशमलव ८८, होटल तथा पर्यटन समूह ४१ द्यशमलव ८, विकास बैंक समूह १५७ दशमलव १३, जलविद्युत् समूह ८२ दशमलव ५३, वित्त समूह ५७ दशमलव ८७, निर्जीवन बीमा २६ समूह शून्य ९, उत्पादन ६२ समूह २८, अन्य ३१ समूह ५२, लघुवित्त समूह ६५ समूह ४१, जीवन बीमा समूह १२३ समूह २, सामूहिक लगानी कोष शून्य दशमलव शून्य १ र लगानी समूह शून्य दशमलव ६८ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १७ करोड १५ लाख ९३ हजार रुपियाँको शेयर कारोबार कारोबार भएको छ । यस्तै, नेसनल हाइड्रोपावरको १५ करोड ३२ लाख १५ हजार, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख १२ हजार, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख चार हजार र नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ९२ लाख ६१ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

यस दिन मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्योभने यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ९ दशमलव ५५, साहस ऊर्जाको ८ दशमलव १७, माहुली सामुदायिक लघुुवित्तको ७ दशमलव ६९ र बोटलर्स नेपाल तराईको ७ दशमलव ३७ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । तर, जनउत्थान सामुदायिक लघुवित्त ६ दशमलव ८८, न्यादी हाइड्रोपावर ४ दशमलव ७१, युनिलिभर नेपाल २ दशमलव ६५, एनएमबी पचास १ दशमलव ९६ र सबैको लघुवित्तका लगानीकर्ताले १ दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्