कामना सेवा फुटसल कप हुने



काठमाडौं । 

कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ ।

बैंक तथा विभिन्न वित्तीय संस्थाको सहभागिता रहने प्रतियोगिता पुसको ९ र १० गते सञ्चालन हुने भएको हो ।
सोमबार एक कार्यक्रमकाबीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण बस्नेतले प्रतियोगिताको औपचारिक घोषणा गरे । बैंकका बोर्ड सदस्य सुवेदीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रवद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताएका थिए ।

प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरी १५ बढी टिमले सहभागिता जनाउनेछन् । लिग कम नक आउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्वन्तरी फुटसल हुनेछ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिको रहनेछ ।

कामना सेवाका ब्रान्डिङ अफिसर प्रशन्न श्रेष्ठले पुस २ गतेसम्म सहभागी हुन इच्छुक संस्थाले टिम दर्ता गर्न सक्ने बताए । उनले पहिलो आउने टिमलाई दर्ता प्रक्रियामा प्राथमिकतामा राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्