एसियन युथमा पलेशालाई स्वर्ण



काठमाडौं । 

बहराइनको मानामास्थित द आर्ट होटलमा सञ्चालित एसियन युथ पारा गेम्समा नेपाली पारा खेलाडीले ऐतिहासिक पदक जितेका छन् । नेपाली तेक्वान्दो खेलाडीले १ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गरेका हुन् । उक्त प्रतियोगितामा पारा ओलम्पियन पलेशा गोवद्र्धनले स्वर्ण जितिन् । उनले ५७ केजी के ४४ मा इरानी प्रतिद्वन्द्वी इब्राहिमी रोजालाई ६–० ले हराएकी थिइन् ।

त्यस्तै, नेपालका लागि सिर्जना घिसिङले रजत जित्दा विशाल गर्बुजाले कांस्य पदक जितेका थिए । सिर्जना ५२ केजी के ४४ विधा फाइनलमा इरानकी साहर घनबारी कोमिशानीसँग १८–० ले हारेकी थिइन् । विशाल भने ५८ केजी के ४४ सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडीसँग ३२–६ले हारेका थिए ।

प्रतिक्रिया दिनुहोस्