प्रकाश र राममाया पहिलो



काठमाडौं । 

जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनसिपको यू–२० ३ हजार मिटर दौडमा पहिलो भएका छन् । पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पूरा गर्दै पहिलो भए । कपिलवस्तुका अजय पाण्डे दोश्रो र ललितपुरका महेश सिञ्जाली तेश्रो भए ।

यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पूरा गदै स्वर्ण जितिन् । जुम्लाकै बमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कांस्य जितिन् ।एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लंगजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फल हान्दै कपिलवस्तुका सुजित थारूले स्वर्ण जिते । कपिलवस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदीप महतोले कांस्य जितेका छन् ।

महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फल हान्दै दाङकी करुणा रिजाल पहिलो, दाङकै सुशीला चौधरी दोश्रो र नुवाकोटकी धनु राई तेश्रो भइन् ।त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२० पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फल हान्दै बर्दियाका रामलखन थारू पहिलो, नवलपरासीका सलिन देवाङ दोश्रो र बर्दियाका रोशन थारू तेश्रो भएका छन् ।

महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फल हान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो, दाङकी सीमा चौधरी दोश्रो र बर्दियाकी रविना थारू तेश्रो भएकी छन् ।प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्