सकियो बिच्छेद्



विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा परेको फिल्म बिच्छेद्को छायांकन तीन वर्षपछि पूरा भएको छ।

२०७६ वर्षको चैत ५ गतेबाट शुरू भएको फिल्मको छायांकन कोरोनाका कारण बीचमा नै लकडाउन भएपछि रोकिएको थियो। निर्देशक सत्यराज चौलागाईंले निर्देशन गरेको फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख भूमिका रहेको छ। मुकुन र लक्ष्मीले यसअघि फिल्म बुलबुलमा सँगै काम गरेका थिए।

राज पण्डित, सुवास राई र साबी बज्राचार्यले निर्माण गरिरहेको फिल्ममा शुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापालगायतका कलाकारले पनि अभिनय गरेका छन्। संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी गराएका छन्। फिल्ममा एसडी योगी र सुरज थापाको संगीत रहनेछ। फिल्मको रामेछापको एक गाउ”मा सम्पूर्ण छायांकन भएको हो।

प्रतिक्रिया दिनुहोस्