मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न निर्देशन



काठमाडौं, (नेस)। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नुभएको छ । ललितपुरमा सोमबार आयोजित ‘नेपालमा मदरसा शिक्षा र यसको भावि रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो प्रस्ताव माग्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर मन्त्रालयमा छलफल गर्छौं । विगतका कुराहरू पनि खोजीनीति गरेर अघि बढ्छौं । त्यसका लागि तपाईंहरूले ठोस प्रस्ताव ल्याउनुपर्छ ।’

मन्त्री पौडेलले संविधानले समावेशी सुनिश्चित गरे पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको स्वीकार गर्दै भन्नुभयो– ‘मूलभूत रूपमा संविधानमा हामीले समावेशीको कुरा त ग¥यौं । तर, व्यवहारतः लागू हुन अझै बाँकी छ । राजनीतिक पार्टी, सेना, पुलिस अनि ब्युरोक्रेसीमा पनि समावेशिता सुनिश्चित गर्न बाँकी नै छ ।’

प्रतिक्रिया दिनुहोस्