काग्रेस अधिवेशन: देउवा पक्ष पदाधिकारी र पौडेल पक्ष सभापतिको उमेद्वार छान्दै



काठमाडौं । 

काग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा सभापति सहित केन्द्रिय कार्य समितिको निर्वाचनको लागि २६ गते उमेद्वारी दर्ता छ । शीर्ष नेताहरु भने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल गर्न थालेका छन् ।

अघिवेशन नजिकिए संगै पुन नेतृत्व लिने रणनीतिमा लाग्नु भएका सभापति शेरवहादुर देउवा आफ्नो नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्य सहितको प्यानल निर्माणको गृहकार्यमा छन भने संस्थापनइतर पक्ष भनिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति नै को बन्ने भन्ने विषय टुङ्गाउन केन्द्रित छन् ।संस्थापन पक्षबाट सभापति शेरवहादुर देउवाले पुनः नेतृत्व दाबी गर्नुभएको छ भने संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइरालाले नेतृत्व दावी गर्नुभएको छ । यस अघि नेतृत्व दावी गरिरहनु भएको महामन्त्री डा. शशांक कोइरालाले पछिल्लो समय डा. शेखरलाई समर्थन गर्ने संकेत गर्नुभएको छ ।

यस अघि देउवा पक्षमा बलियो खम्बाको रुपमा उभिनु भएका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको उमेद्वारी घोषणा गरिसकेपनि प्यानल बनाउन सक्नु भएको छैन । सभापतिको दाबी गर्दै आउनु भएका अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष पछिल्लो समय देउवा संग गठबन्धन गरि सभापति बाहेक अनय पद बढी भन्दा बढी हत्याउने रणनीतिमा छन् ।तल्लो तहको अधिवेशन प्रारम्भ भए संगै १४औं अधिवेशनमा आफ्नो पक्षबाट सभापतिको लागि एकमात्र साझा उमेद्वार दिने बताउदै आएका पौडेल पक्षका नेताहरुले सोमबार पनि नेतृत्वको बारेमा छलफल गरेका छन् ।

पौडेलको सचिवालयले जनाए अनुसार छलफलमा पौडेलका साथै सभापतिका आकाक्षि डा. शेखर कोइराला, डा. शशाक कोइराला, प्रकासमान सिंह लगाएत शीर्ष नेताहरुको सहभागिता थियो । आइतवार नै सभापति देउवाले भने सिटौला पक्षसंग छलफल गर्नु भएको छ । सिटौला पक्षले सभापतिमा देउवालाई सघाउने भएपछि पदाधिकारी र केन्द्रिय सदस्य बढी भन्दा बढी संख्यामा माग गरिरहेको छ ।देउवा पक्षका एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार एक महिना अघि देखि केन्द्रिय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिहरुको सुक्ष्म ढंगले रेकर्ड राखि पक्ष विपक्ष हेरीरहेको देउवा सचिवालयले दिएको रिपोर्टको आधारमा ५० प्रतिशत मत कटाउने गरि पदाधिकारी र केन्द्रिय सदस्य छनौट गर्ने तयारी भैरहेको छ ।

१३औं महाधिवेशनमा सिटौलाको समर्थनमा दोस्रो चरणको निर्वाचनमा विजयी भएका सभापति देउवा यो पटक पहिलो चरणमै विजयी हुने रणनीतिमा लागेको देउवा सचिवालयले जनाएको छ । पौडेल पक्षका नेताहरुले आफ्नो पक्षबाट एकमात्र साझा उमेद्वार दिन नसके फेरी नेतृत्व देउवालाई नै बुझाए हुन्छ भनी सावृजनीक अभिव्यक्ति दिइरहेको सन्दर्भमा पौडेल पक्षले भने अझै साझा उमेद्वार तय गर्न सकेको छैन । को सभापति भन्ने बारेमा वरिष्ठ नेता पौडेल भन्नुहुन्छ– आकाक्षि वीच छलफल भैरहेको छ ,छिटै एउटा टुङ्गोमा पुग्छौं ।

केन्द्रिय कार्यसमिति चयन गर्ने महाधिवेशनको प्रतिनिधिको जोड घटाउ गरिरहेका देउवा सचिवालय र पौडेल सचिवालय दुवैले सञ्चारमाध्यमलाई उपलब्ध गराएको समाचारमा आ–आफ्नो पक्षको बहुमत रहेको दाबी गरिरहेका छन् । दुवै पक्षले अर्का उमेद्वार निधिलाई कमजोर उमेद्वारको संज्ञा दिदै निधि गृह प्रदशमै देउवा पौडेल पक्ष भन्दा कमजोर रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्