थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २ जनाको मुत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५७ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ भने ८ लाख ४ हजार ९०१ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्