लुम्बिनी प्रदेशले जित्यो यू–१९ उपाधि



काठमाडौं । 

लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ को फराकिलो रनअन्तरले हराउँदै उपाधि जित्यो । लुम्बिनीले २ सय १३ रनको विशाल लक्ष्य तेस्र्याएको थियो । जवाफमा सुदूरपश्चिमको टिम ९९ रनमा अलआउट भएको थियो । सुदूरका लागि लोकेश बमले जोडेको २५ रन नै उच्चतम व्यक्तिगत योगदान थियो ।

लुम्बिनीका बलरमा अजय चौहानले सर्वाधिक विकेट लिएका थिए । उनले ५.३ ओभरमा २० रन खर्चेर ५ विकेट हात पारेका थिए । यस्तै, दुर्गेश गुप्ताले ९ ओभर फ्याल्दा ३ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट हासिल गरे । अन्यमा मोहम्मद हुसेनले २ विकेट प्राप्त गरेका थिए ।

यसअघि, त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा २ सय १२ रन जोडेको थियो । टिमका लागि कप्तान देव खनालले कप्तानी पारी खेलेका थिए । उनले ९५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । त्यस्तै, मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले ५१ रनको योगदान दिए । अन्यमा दुगेश गुप्ताले ३२ रन र प्रज्ज्वल थापाले २४ रन बनाएका थिए । सुदूरका बलरमा आकाश चन्दले ४७ रन दिएर सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्