कांग्रेस लुम्बिनीमा एक उपसभापतिबाहेक संस्थापन इतरका पुन प्यानल विजयी



काठमाडौं ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समुहका अमरसिंह पुन समुहको प्यानल नै बिजयी भएको छ।

शुरु देखि नै पुन समुहले अग्रता लिए पनि अन्तिम समयमा पुन समुहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पछाडि परेका थिए।पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल बिजयी भएको छ।

सभापतिमा पुनले ८५२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। पुन ८५ मतले उछिन्दै कांग्रेस लुम्बिनीको बागडोर सम्हाल्ने मौका पाएका हुन्। रुपन्देहीबाट चुनौवी मैदानमा उक्रिएका शाह र पाठकले पराजय भोगेका छन्। शाह संघिय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाँण, पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कणेलले सर्मथन गरेका थिए। पुन समुहलाई केन्द्रिय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगाएतले समर्थन गरेका थिए।

उपसभापतिमा पुन समुहका भुवनप्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचीत भएका छन्। श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। पाठकले ७७२ मत पाएका छन्। उनी २० मतले पराजय भोगेका छन्।महामन्त्रीमा पनि पुन समुहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिए।

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय बिजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन् ।

यस्तै   महिला सहमहामन्त्रीमा निमा गिरी बिजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। १४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्