सञ्चिताको सुविधाका लागि निखिललाई डिभोर्स दिएकी हुँ : कोपिला उप्रेती



नायक निखिल उप्रेतीको पहिलो पत्नी कोपिला उप्रेतीले निखिलको दोस्रो परिवार (नायिका सञ्चिता लुइँटेल) को सुविधाका लागि उनीसँग सम्बन्धबिच्छेद गरेको तथा डिभोर्सपछि निखिलसँग कुनै रकम नलिएको प्रष्ट पारेकी छिन्। नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसँग कोपिलाले गरेको कुराकानी यहाँ प्रस्तुछ छ :

डिभोर्स गर्दा ५० लाख रुपियाँको त के कुरा, मैले एक पैसा पनि लिएको छैन। हामी सिनामंगलमा बस्दाखेरिदेखि नै घर मेरै नाममा थियो। अहिले म नयाँ ठिमीमा ५ आनामा निर्मित दुईतले घरमा बस्छु। यो घर शुरूदेखि नै मेरो नाममा थियो। मलाई सम्पत्तिको लालच छैन।

कलाकार हेमन्त बुढाथोकीले घर बुहारीको नाममा पास गर्दा सस्तो पर्छ भन्ने सल्लाह दिएपछि मेरो नाममा गरिएको थियो। डिभोर्स गरेपछि मेरो नाममा नामसारी गर्न लगाएको होइन। मासिक ५० हजार रुपैयाँचाहिँ पहिलेदेखि नै दिइरहनुभएको छ। त्यो छोराको फि, लालन पालन र घर खर्चका लागि हो। त्यो रकम पनि डिभोर्स गरेर लिन थालेको होइन, हामीसँगै बसे पनि नबसे पनि एउटा बाउको धर्म निर्वाह गर्दै उहाँले दिँदै आउनुभएको थियो।

डिभोर्स गर्दा ५० लाख रुपियाँको त के कुरा, एक पैसा पनि लिएको छैन। घर त सिनामंगलदेखि नै मेरै नाममा थियो। पास गर्दा सस्तो पर्छ भनेर मेरो नाममा गरिएको थियो । छोराको फी र घर खर्चका लागि मासिक ५० हजार रुपैयाँचाहिँ पहिलेदेखि नै दिइरहनुभएको छ।

म १३ वर्षसम्म लोग्ने फर्केर आउला आउला भनेर कुरेर बसेँ, तर आउनुभएन। तर, डिभोर्स गरेपछि पनि मेरोमा आउने जाने गर्नुहुन्छ। यो पाली हाम्रोमा दशैँ थिएन। दशैंमा पनि बिहान मेरोमै आएर खाना खानुहुन्थ्यो। दिनभरि बस्नुहुन्थ्यो, धुने लुगा लिएर आउनुहुन्थ्यो, वासिङ मेसिनमा हाल्नुहुन्थ्यो। तर, मैले कहिल्यै पनि यस्ता कुरा बाहिर भन्दै हिँडिन”। उहाँसँग अहिले काम पनि नभएको बेला मैले कसरी पैसा माग्न सक्छु?  उहाँलाई दुःख दिनु भनेको त मैले उहाँलाई माया नगरेकै भयो नि।

बुढोले जे गर्नु गरिहाल्नुभयो भनेर आफूले यति दुःख पाउँदा पनि आजको दिनसम्म माया गरेरै बसेको हुँ। तर, मैले नै नबुझ्या रहेछु। मसँगै खाने हिँड्ने गरे पनि आखिर मिडियामा त उहाँ सञ्चितासँग हिँडेको मात्र देखिन्छ। मसँग खाएको हिँडेको मिडियामा आउँदैन।

देख्नेहरूले त मलाई छोडेर सञ्चितासँग बसेको नै देख्नुहुन्छ। जे हुनु भइसक्यो, बुढाले गल्ती गरिसक्यो, उनीहरूको पनि दुईदुईटा बच्चा भइसक्यो। बच्चाको के दोष  उनीहरूले पनि वैधानिकता पाउन् भनेर सञ्चिताको सुविधाका लागि म आफैं हासीखुसी उहाँसँग छ्टिएको हुँ। हामी छुटिए पनि माया राम्रो रिलेसन हुन्छ माया भनेको त छुटिँदैन भनेर डिभोर्स दिएको हुँ।

छोरालाई मेन्टिल्ली असर पर्छ भनेर उसको बारेमा छोरालाई अहिलेसम्म केही भनेको छैन। मेरो बच्चाले त जन्मदै बाउको नाम पाइहाल्यो। उस सञ्चिताको बच्चाले पनि पाओस्, निखिललाई किन दोहोरो जिन्दगी जिउँछौ भनेरै डिभोर्स दिएको हुँ। निखिलको घरपरिवारतिर पनि हामी निखिल र म सँग राम्रो छ। उनीहरूले मलाई धेरै माया गर्छन्। अस्ति जेठाजुको छोरीको विवाह थियो म गए, निखिल पनि आउनुभयो। मलाई लाने ल्याउने पनि गर्नुभयो।

मेरो उहाँलाई दुःख दिने नेचर कहिल्यै भएन। भएको भए १३ वर्षअगाडि उहाँले सञ्चिासँग बिहे गर्दा नै बहुविवाहको केस हाल्थें होला। अहिले पनि निखिलको अनुहार हेर्दा माया लाग्छ, कस्तो दुःख पायो भने जस्तो लाग्छ। छोरालाई पनि ‘पापा घरमा बसे पनि नबसे पनि माया गर’ भन्ने गरेको छु। अहिले बाबु १३ वर्षको भयो। उसलाई सञ्चिता गर्लफ्रेन्ड मात्र हो भन्ने परेको छ। उसले केही सोध्यो भने मेन्टिल्ली असर पर्छ भनेर पछि सबै कुरा आफैँ बुज्छौ भन्ने गरेको छु।

प्रतिक्रिया दिनुहोस्