मस्कोको युक्रेन ‘रेडलाइन’ अस्वीकार्य: राष्ट्रपति बाइडेन



वासिंगटन, (एजेन्सी)

रसियाले करिब करिब युक्रेन माथि आक्रमण गर्ने योजना बनाइरहेको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपति जो बाडनेले शनिबार मस्कोले तय गरेको ‘रेडलाइन’ आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

बाइडेनले आफूले रसियालाई आफ्नो छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्न अत्यन्तै कठिन हुने परिस्थिति सिर्जना गरिदिने बताएका छन् ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमले गुप्तचर अधिकारीहरूको डरलाई उद्धृत गर्दै सन् २०२२को शुरू तिरै रसियाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भविष्यवाणी गर्न थालेको छ । युक्रेनले रसियाले आफ्ना सीमा वरपर करिब ९४ हजार फौज तैनाथ गरिसकेको दाबी गरेको छ ।यसैसाता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बाइडेनबीच युक्रेनी समस्या सहज गराउनेबारे छलफल गर्न भिडियो कल हुनसक्ने अनुमान गरिएको छ ।

बाइडेनले क्याम्प डेभिडमा राष्ट्रपतीय रिट्रिटका लागि जाने क्रममा पत्रकारहरूलाई भनेका छन्– ‘म रुसी नेता पुटिनसँग लामो छलफल गर्नेछुं । साथै म कसैको ‘रेडलाइन’ स्विकार्दिनँ । अहिले पुिटनका कार्यलाई कठिन बनाउने र सबै उनको योजनाप्रति चिन्तित हुने वातावरण बनाउनुपर्दछ ।’ तर, बाइडेनले कसरी त्यस्तो वातावरण बनाइनेछ भन्नेबारे केहि स्पष्ट पारेको छैन ।

यसै साता मात्र अमेरिकी र युक्रेनी अधिकारीहरूले रसियाविरुद्ध कडा आर्थिक नाकाबन्दी लगाउने अमेरिकी योजना रहेको भन्दै रुसलाई चेतावनी दिएका थिए । बिहीबार अमेरिकी समकक्षी इन्टोनी ब्लिन्केनसँगको भेटवार्तापछि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकाले ताजा नाकाबन्दीको चेतावनी दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्