स्वस्तिक आयललाई उत्कृष्ट निर्यात सम्मान



काठमाडौं । 

मोरङ व्यापार संघले केएल दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७-७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै उत्कृष्ट निर्यातकर्तासम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारण सभाको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका सञ्चालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता तेल उत्पादन तथा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्