राजन र गरिमाले जिते धादिङ बुद्धिचाल



काठमाडौं । 

थाक्रे गाउँपालिका र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा दोस्रो धादिङ खुल्ला ¥यापिड रेटिङ दुई दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय समाजसेवी एवं जिल्ला खेलकुद बिकास समितिका पूर्वअध्यक्ष विकास कार्कीको अग्रसरतामा सर्वाधिक पुरस्कार राशी रु. १ लाख ८७ हजारको उक्त प्रतियोगितामा प्रथम हुने राजन सुवेदीले ३५ हजार नगद प्राप्त गरे । त्यस्तै, द्वितीय हुने रुपेश जैसवालले रु. २५ हजार प्राप्त गर्दा तृतीय हुने आशिष फुयाँलले १५ हजार रुपैयाँ हात पारे ।

यसैगरी, मनीष हमाल, क्षीतिज, बद्रि नेपाली, प्रकाश नेपाल, सरोज महर्जन, शुश्रुत र गणेशमान दुवाल क्रमशः चौथोदेखि दशौं स्थानमा रहेर १० हजार ८ हजार तथा ७-७ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा एघारौंदेखि पन्ध्रौं स्थानसम्म क्रमशः नवीन तण्डुकार, निकेन कुशाथा, सजिन महर्जन, कृष्ण थापा र उत्तम ढुंगेलले ५-५ हजार नगद हात पारेका छन् ।

साथै, महिला खेलाडी गरिमा सुवेदी, भेट्रान जगन्नाथ ताम्राकार, यु १६ मिराज थापा, अनरेटेड राजु त्रिपाठी,, १६०० भन्दा तल वरीयतामा रहेका खोम प्रसाद, सन्तोष गौतम र वेष्ट लोकल महेश श्रेष्ठ लगायतले पनि ५-५ हजार नगद प्राप्त गरेका छन् ।

सातै प्रदेशवाट सहभागी खेलाडीहरूलाई आवास एवं खानासहित कुल ६ लाख ५० हजार खर्च भएको विवरण दिँदै १७-१८ गतेको दुई दिने खेल समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्