ढोरपाटनलाई भलिबलको उपाधि



 काठमाडौं । 

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।

उपाधि जित्ने क्रममा ढोरपाटनले शनिबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६, २५–२१,१५–२० ले हरायो । यसैगरी, मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५, २५–१८,२५–१९२३–२५, १५–१० ले हराउँदै तेस्रो स्थान पायो ।

प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर, एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोरपाटनका मनवीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए । यसैगरी, मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका मनकुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले तीन हजार रुपैयाँ पुरस्कार पाए ।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजयी टोलीले ६१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्