न्युजिल्यान्डका पटेलले लिए १० विकेट



नयाँ दिल्ली, (एजेन्सी) । 

न्युजिल्यान्डका बायाँहाते स्पिनर एजाज पटेलले एकै इनिङमा १० विकेट लिएका छन् ।भारतमा जन्मेका पटेलले भारतविरुद्ध मुम्बईमा भएको दोस्रो टेस्टमा यस्तो दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।

टेस्ट क्रिकेट इतिहासमा एकै इनिङमा १० विकेट लिने पटेल तेस्रो बलर बनेका छन् । यसअघि, इंग्ल्यान्डका अफ स्पिनर जिम लाकर र भारतका स्पिनर अनिल कुम्बलेले एकै इनिङमा १० विकेट लिएका थिए । लेग स्पिनर कुम्बलेले सन् १९९९ मा दिल्लीमा भएको पाकिस्तानविरुद्धको टेस्टमा १० विकेट लिएका थिए । यस्तै, लाकरले सन् १९५६ मा ओल्ड ट्राफोर्डमा भएको अस्टे«लियाविरुद्धको टेस्टमा १० विकेट हात पारेका थिए ।

पटेलले चार विकेट पहिलो दिन शुक्रबार लिएका थिए । शनिबार उनले थप ६ विकेट लिएर १ सय १९ रन खर्चेर १० विकेट लिए । योसँगै भारतको पहिलो इनिङ ३ सय २५ रनको योगफलमा समाप्त भएको थियो । उनले विकेट लिँदा चार जना भारतीय ब्याटसम्यान क्याच आउट भए । तीन जना एलबीडब्ल्यूको शिकार भए भने दुई जना ब्याटसम्यान बोल्ड भएका थिए ।

प्रतिक्रिया दिनुहोस्