भिजिबिलिटी कम हुँदा शनिवार विहानका सबै हवाई उडान ठप्प



न्युज अफ नेपाल काठमाडौं ।

मौसम खराबको कारण आज (शनिबार) विहान जहाज उडान अवतरणका लागि पर्याप्त भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बंगालको खाडीमा आएको चक्रवात ‘जवाद’ को असर नेपालमा पनि परेपछि मौसमी प्रणालीमा असर गरेको हो ।

मौसममा आएको बदलीसँगै भिजिबिलिटी बढीमा ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि १६ सय मिटर चाहिने प्राविधिकहरू बताउँछन् । भिजिबिलिटी नभएपछि बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन नसकेको उनले बताए । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्