राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै



न्यज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ ।

अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । दुबै पक्षले अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्