सिरहा प्रहरीका हबल्दार सन्तोष झा तस्करको सेटिङकर्ता



न्युज अफ नेपाल, सिरहा ।

सिराहा जिल्लामा भारतबाट राजस्व छली गरी आउने प्रायः करोडौँको समान सिराहा प्रहरीका हबलदार सन्तोष झा को बिना मन्जुरीले आउँदैनन् ।
जिल्ला प्रहरी कार्यालय सिराहा हबलदार पदमा कार्यरत सन्तोष झा सिरहाको विभिन्न नाकाबाट हुने तस्करीको मुख्य पात्र हुन् । उनको अनुमति बिना भारतबाट ल्याउने लाखौँ करोडौँको समान त्यतिकै नेपाल छिर्दैनन् ।

सिरहाको माडर नाकासहित अन्य नाकाबाट आउने समानलाई गनतव्यसम्म पुरयाउनको लागि तस्करहरूको चालकको रूपमा सन्तोष झा लाई चिनिन्छन् । कुनै बेला करोडौँ रुपैयाँ राजस्व उठाउने माडर खटोका भन्सार कार्यालयको राजस्व गिराबटको लागि सन्तोष झा मुख्य पात्रको रूपमा चिनिन्छन् ।सिरहामा हुने तस्करीको लाइन दिनको लागि व्यापारीहरू सन्तोष झाकै सेटिगमा समान ल्याउने गर्छन् । जिल्लाभरिमै अधिक लगानीको समान भारतबाट भित्र्याउनको लागि सन्तोष झा तस्करलाई लाइन दिएर गन्तव्य सम्म पुर्‍याउने गरेको आरोप छ ।

सोही क्रममा नेपाल भारतको सीमामा तस्करीको समाचार लेख्ने सिराकै एक सञ्चारकर्मीलाई फसाउने प्रयास गरे सन्तोष झा । रौतहट जिल्लामा प्रहरीको घुमुवाले पत्रकारलाई फसाउने भिडियो सार्वजनिक भएकै बेला सिरहामा पनि हबलदार सन्तोष झाले एक सञ्चारकर्मीलाई फसाउने षडयन्त्र रचे पनि अन्त असफल रहे ।
गत आईतबार आफूलाई जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा दाबी गर्ने हबलदार सन्तोष झाले सिराहा लहानका सञ्चारकर्मी सुरेन्द्र दासलाई आफ्नो व्यक्तिगत डेरामा बोलाएर फसाउने प्रयास गरेको आरोप लगाएका छन् ।तस्करहरूको समाचार प्रकाशित गरेपछि सन्तोष झाले सञ्चारकर्मी दासलाई आफ्नो डेरा बोलाएर तस्करसँग सेटिँग गराउन दबाब दिएका थिए ।

उनले तस्करहरूको समाचार नलेख्न र व्यापारीहरूसँग हात मिलाउन भन्दै आफ्नो डेरा बोलाएका थिए ।तस्करहरूको समाचार लेखेपछि दासलाई तस्करहरूले फसाउनको लागि हबलदार सन्तोष झालाई माध्यम बनाएको बुझिएको छ । नेपाल प्रहरी जस्तो गरिमामय सङ्गठनमा रहेर पनि सन्तोष झाले तस्करसँग सेटिँग गराउन खोजेपछि सञ्चारकर्मी दास तत्कालै त्यहाँबाट निस्कन खोजेका थिए ।सन्तोष झा विगत ९ वर्षदेखि एउटै ठाउँमा कार्यरत छन् । उनी ९ वर्षदेखि नै जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा बनेर कार्यरत छन् । यतिको एसपी डिएसपी आएगए पनि उनी जहाँको त्यही यथेष्ट छन् ।

तल ग्राण्डमा मोटरसाइकल पार्क गरी सञ्चारकर्मी दासले तेस्रो तल्ला रक्सी खाँदै बसेका हबलदार सन्तोष झाले एक जनालाई तल पठाएको आरोप छ । उनको डेरामा पुगेपछि पहिलेदेखि नै तीन जना एक टेबलमा बसेर दिउँसो १ बजे नै रक्सी खाइरहेको अवस्थामा देखेको बताउँदै सञ्चारकर्मी दासले आफूलाई शङ्का लाग्दा त्यहाँबाट निस्केको बताए ।सञ्चारकर्मी दासले आफूलाई रोक्न खोज्दा पनि बाहिर निस्केको बताउँदै तल जाँदा एक जना अपरिचित व्यक्तिले झोला लिएर मोटरसाईक नजिक उभिएको बताए ।

एक अपरिचित व्यक्ति दासकै मोटरसाईक नजिक झोलामा केही बोकेर उभिएको देख्दा झन डर लागेर आएको बताए । “म तल झर्दा एक जना व्यक्ति मेरो मोटरसाइकल नीरै खडा भएको थियो । मलाई झन डर लाग्यो, त्यसअघि सन्तोष झाले एक जनालाई समातेर हाकिमलाई बुझाउनु छ भनेर भनेपछि मलाई त्यति बेला नै डर लागेको थियो । तल आउँदा पनि एक जना अपरिचित मान्छे आफ्नै मोटरसाइकल निर देखेपछि झन त्रसित महसुस गरे ।”– उनले भने ।शङ्का लागेर त्यही रहेको एक चिया पसले काकालाई मोटरसाइकल चेक गर्न भनेपछि दुवै जना मिलेर चेक गरेपछि केही नभेटाउँदा मात्र घर फर्केको उनले बताए । उनलाई फसाउनको लागि हबलदार सन्तोष झाले षडयन्त्र रचे पनि असफल भएको आरोप लगाएका छन् ।उनले सिराका पत्रकारहरुलाई आफ्नो व्यथा सुनाए पनि कोही कसैले कुनै चासो नलिएको गुनासो पोखे । उनले सन्तोष झाको नाम भनेपछि पत्रकारहरुले समेत फोन उठाउन छाडेको आरोप लगाए ।

सिराका केही पत्रकारहरु तस्कर र प्रहरीसँग समेत साँठगाँठ गरेको समाचारहरू विभिन्न समयमा प्रकाशित भएको छ । उनीहरूले पनि तस्कर र सन्तोष झा जस्ता सेटिँगबाजलाई बचाउ गरेको आरोप लाग्दै आएको छ ।यता, हबलदार सन्तोष झाले सञ्चारकर्मी दासले नै आफूलाई फोन गरेको बताउँदै उनको मानसिक सन्तुलन बिग्रेको आरोप लगाए । दासलाई आफू किन फसाउने भन्दै झाले आफूमाथि लगाएको आरोप गलत रहेको दाबी गरे ।हबलदार झाले सञ्चारकर्मी दास बिदेशबाट आएको र उनी अधिक ऋणमा डुबेपछि मलाई फोन गरेको दाबी गरेका छन् । ऋणको कारण उनको मानसिक सन्तुलन बिग्रेको बताएका छन् । यद्यपि, सञ्चारकर्मी दासले आफूलाई बदनाम गर्नको लागि झाले यस्तो आरोप लगाएको बताए ।

जिल्ला प्रहरी कार्यालय सिराका डिएसपी एवम् प्रवक्ता सुभाष बुढाथोकीले सन्तोष झा हबलदार रहेको र अहिले उनी काठमाडौँ तालिमको क्रममा गएको बताए । सञ्चारकर्मी दासले समेत मगलबार मात्र उनी काठमाडौँ गएको बताएका छन् । हबलदार झाले समेत आफू काठमाडौँ आएको बताए ।

प्रतिक्रिया दिनुहोस्