शुक्रबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ७८३६ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६४०० पीसीआर परीक्षण गर्दा २२३ जनामा र १४३६ एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा ३४७ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालः सक्रिय संक्रमितको संख्या भने ६ हजार ९२१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्