गायिका रचना रिमालले पास गरिन् कक्षा १२



न्युज अफ नेपाल, काठमाडौं ।

गायिका रचना रिमालले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् । आफुले कक्षा १२ को परीक्षामा ३.४४ जिपिए प्राप्त गरेको कुरा सामाजिक संजाल मार्फत जनाएकी छन् । रिमालले कलेज नगए पनि परीक्षा भने दिइरहेकी थिइन् । पढाइ पुरै नबिग्रिएको बताउँदै आएकी उनी आफ्नो यो सफलतामा दङ्ग देखिएकी छन् ।

सानैदेखि पढाइमा अब्बल उनी गायन रियालिटी शो नेपाल आइडलमार्फत चर्चामा आएकी थिइन् । नेपाल आइडलको टप ८ बाट बाहिरिएकी उनले त्यसपछि गायन क्षेत्रमा भने ठुलो फड्को मारेकी छन् । गायन क्षेत्रमा अघि बढ्दै गर्दा उनको पढाइ भने छायामा परेको भनेर चर्चा हुँदै आएको थियो ।

यो विषयलाई उनी स्वयमले पनि केही हदसम्म स्वीकारेकी छन् । दुईतिर हिँड्नु पर्ने भएकोले पढाइमा केही प्रभाव परेको उनको बुझाई छ । उनले कहिलेकाहीँ दिनमा ५ वटासम्म र सरदर दैनिक कम्तिमा एउटा गीत भने रेकर्ड गर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्