कक्षा १२ को नतिजा प्रकाशित : यसरी हेर्नुहोस् नतिजा



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बाह्रखरीलाई जानकारी दिए ।उनका अनुसार ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।

नतिजा नेपाल टेलिकम, बोर्डको वेबसाईट  , र https://edusanjal.com/ को वेबसाईटमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्