कक्षा १२ को नतिजा आज आउँदै



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । अहिले केही बेरमा बोर्ड बैठक बस्दैछ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्