युरोप ‘सैनिक द्वन्द्वको दुस्वप्न’ तर्फ फर्कन सक्नेः रसिया



मस्को, (एजेन्सी) । 

रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले विहिवार युरोप ‘सैनिक द्वन्द्वको दुस्वप्न’ तर्फ फर्कन सक्ने चेतावनी दिएको छ । स्विडेनमा आयोजित युरोपेली सुरक्षा सममेलनमा लाभ्रोभले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई पूर्वी युरोपतर्फ बढ्नबाट रोक्न नयाँ युरोपेली सुरक्षा सम्झौताको विचार अघि सारेका छन् ।यसैबिच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यदि रसियाले युक्रोनसँग द्वन्द्व निम्ताउन खोजेमा त्यसको गम्भीर परिणाम निस्कने चेतावनी दिएका छन् । यसको अर्थ रसियालाई युक्रेनको सिमाना नजिक सेनाको उपस्थिति नबढाउन आह्वान गरिएको हो ।

युक्रेनले आफ्ना सिमाना वरपर रसियाले ९० हजारभन्दा बढी फौज तैनाथ गरिसकेको दाबी गरेको छ । युक्रेनसँग यसरी तनाव बढिरहेका बेला बिहीबार रसियाले युक्रेनी सुरक्षा सेवा निकायका तीनजना शंकास्पद अधिकारीलाई पक्राउ गरेको दाबी गरेको छ । ती तिनजनामध्ये एकजनामाथि आतंककारी आक्रमणको योजना बनाएको र अन्य दुईजनामाथि गोप्य सूचना संकलन गरेको आरोप लगाइएको रसियाको संघीय सुरक्षा सेवाले जनाएको छ ।

युरोपमा सुरक्षा तथा सहयोगका लागि संस्था (ओएससीई) को सम्मेलनमा लाभ्रोभ र ब्लिन्केनको भेटघाट भएको हो । अमेरिकी अधिकारीहरूले भने युक्रेनकोबारे थप वर्ताका लागि दुई पक्षबीच सहमति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्