दक्षिण अफ्रिकामा दैनिक ओमिक्रोन संक्रमित संख्यामा दोब्बर वृद्धि



जोहानेसवर्ग, (एजेन्सी) । 

स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले दक्षिण अफ्रिकाकै सबैभन्दा ठूलो समस्याको रूप लिएको तथा नयाँ संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको बताएका छन् । पछिल्लो तथ्यांकमा दैनिक करिब ८ हजार ५ सय जना नयाँ कोभिड–१९ संक्रमित थपिने गरेको बताइएको छ । तर, बुधबार भने यो संखया झण्डै दोब्बर अर्थात् ४ सय ३ सय पुगेको छ ।

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले अहिले विश्वमा कम्तीमा चौबिस वटा मुलुकमा ओमिक्रोन फेला परिसकेको बताएको छ । यो उच्च दरमा स्पाइक म्युटेट हुने नयाँ भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको हो । दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठान (एनआइसीडी) ले गत साता आफूले सिक्वेन्सिङ गरेको सम्पूर्ण भाइरस जेनोममध्ये ७० प्रतिशत भन्दा बढी यही नयाँ भेरियन्टको भएको जनाएको छ ।

पछिल्लो समय ओमिक्रोनका घटनाहरू भारत, घाना, साउदी अरेविया र संयुक्त अरब इमिरेटसमा देखा परेको छ । यसअघि नै बेलायत, अमेरिका, जर्मनी, अस्ट्रेलिया र जापानलगायतका मुलुकहरूमा पनि ओमिक्रोन फेला परिसकेको छ ।हालसम्म मानिसहरूले लिइसकेको खोपबाट कति सुरक्षा दिन्छ भन्ने लगायत ओमिक्रोनसँग सम्बन्धित थुप्रै प्रश्न अझै अनुरत्तित नै छन् । डब्ल्यूएचओले यस नयाँ भेरियन्टलाई समस्यामूलक रहेको र प्रारम्भिक अनुसन्धानबाट पुन संक्रमणको खतरा उच्च रहेको प्रमाणहरू भेटिएको जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्