आईपीएल क्लबले खेलाडी रिटेन गर्दै



नयाँ दिल्ली, (एजेन्सी) । 

आगामी संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको लागि क्लबहरुले खेलाडी रिटेन गर्न थालेका छन् ।जसमध्ये आईपीएलका आठ मध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन टिमले तीन जना र एक टिमले दुई खेलाडी रिटेन गरेका छन् । चार खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स छन्।

त्यस्तै, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले तीन तथा पञ्जाब किंग्सले दुई खेलाडी मात्र रिटेन गरेका छन्। दुई विदेशी खेलाडी रिटेन गर्ने कोलकाता एक्लो टिम हो भने पञ्जाबले दुवै भारतीय खेलाडीलाई रिटेन गरेको छ।आगामी सिजनका लागि पुराना आठ टिमले खेलाडी रिटेन गरिरहँदा केही ठूला स्टार क्रिकेटर पनि अक्सनमा जानुपर्ने देखिएको छ। भारतीय राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्य रहेका हार्दिक पाण्ड्या, श्रेयस ऐयर, केएल राहुललाई उनीहरुको टिमले भने रिटेन गरेका छैनन् ।

आईपिएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले आफ्ना स्टार अलराउन्ड पाण्ड्यालाई रिटेन गरेका छैन । त्यस्तै, कुर्णाल पाण्ड्या, राहुल चहर, ट्रेन्ट बोल्ट, क्वेन्टन डिकक पनि रिटेनमा परेका छैनन्। मुम्बईले कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, जस्प्रित बुमराह र किरोन पोलार्डलाई भने रिटेन गरेको छ ।
त्यस्तै, डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्सले कप्तान महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, रुतुराज गायकवाड र मोइन अलीलाई रिटेन गरेको छ ।त्यसैगरी, फाफ डुप्लेसिस, ड्वायन ब्राभो, दीपक चहर, सुरेश रैनालगायत खेलाडी भने अक्सनमा जाने पक्का भएको छ।

त्यस्तै,पञ्जाब किंग्सले नयाँ सिजनका लागि मायंक अग्रवाल र अर्सदीप सिंहलाई मात्र रिटेन गरेको छ।पञ्जाबले आफ्ना कप्तान केएल राहुललाई भने रिलिज गरेको छ । पञ्जाबले राहुलसँगै क्रिस गेल, निकोल पुरन, एइडिन मक्राम, मोहम्मद सामी, डेविड मलानलगायतलाई पनि रिलिज गरेको छ ।त्यस्तै, दिल्ली क्यापिटल्सले श्रेयस ऐयर, शिखर धवन, रविचन्द्रन आश्विन, मार्कस स्टोइनिस, स्टिभ स्थिम, कागिसो रबाडासम्मलाई पनि रिटेन गरेन । दिल्लीले कप्तान ऋषभ पन्त, अक्षर पटेल र एनरिच नोर्कियालाई रिटेन गरेको छ।त्यसैगरी रिटेन नहुने स्टार क्रिकेटरमा डेविड वार्नर, रसिद खान, इयान मोर्गन, सकिब अल हसन, नितिश राना, दिनेश कार्तिक, शुभमन गिल, मुस्फिकर रहिम, मुजिब उर रहमान, एन्ड्रयु टाइ, बेन स्टोक्स, डेभिड मिलर, मनिष पाण्डे, जासन रोय, एडम जाम्पा, युजभेन्द्र चहर, मोहम्मद सिराज लगायत छन्।

यो पटकबाट आईपीएलमा १० टिमले खेल्दैछ । जसमध्ये लखनउ र अहमदावाद आईपीएलका नयां टिम बनेका छन् । यो पटक इन्डियन प्रिमियर लिग (आईपिएल) का लागि मेघा अक्सन पनि सुरु हुँदैछ।

मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक क्लबलाई बढीमा ४ खेलाडी रिटेन गर्न मिल्ने नियम बनाएको छ भने नयाँ दुई टिमले ३ खेलाडी लिन पाउने छन् । जसअनुसार पुराना आठ टिमले बढी चार मध्ये बढीमा ३ स्वदेशी खेलाडी अथावा दुई स्वदेशी र दुई विदेशी खेलाडी राख्न पाउने छन् । थपिएका दुई नयाँ टिमले भने दुई स्वदेशी र एक विदेशी खेलाडी राख्न पाउने छन्।

यी हुन् रिटेन हुने खेलाडी

रोयल च्यालेन्जर्स बैंग्लोरः विराट कोहली, ग्लेन म्याक्सवेल र मोहम्मद सिराज।
पञ्जाव किंग्स ईलेभेनः मयंक अग्रवाल र अर्शदीप सिंह।
मुम्बई इन्डियन्सः रोहित शर्मा, जस्प्रित बुमराह, किरोन पोलार्ड, सूर्यकुमार यादव ।
सनराइजर्स हैदरावादः केन विलियम्सन, अब्दुल समद, उमरान मलिक ।
चेन्नई सुपर किंग्सः महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, रुतुराज गायकवाड र मोइन अली ।
दिल्ली क्यापिटल्सः ऋषव पन्त, पृथ्वी श, अक्षर पटेल र एनरिच नोर्किया ।
राजस्थान रोयल्सः सन्जु सामसन, जोस बट्लर, यशस्वी जैसवाल।
कोलकाता नाईट राइडर्सः सुनिल नारिन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, बेंकटेश ऐर।

 

प्रतिक्रिया दिनुहोस्