राप्रपाको भविष्य



पटक–पटक फुट्दै र जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरिएकतामहाधिवेशनगर्दैछ । एकताअधिवेशन गरेको पाँचवर्षमै चार टुक्रा भएको यो पार्टी फेरि एकपटक देशभर एकीकृत हुने प्रयासमा छ ।पूर्वीय दर्शन, वैदिक परम्परा, बौद्धिकतथा किराँतकालीन सभ्यताजस्ता नेपालका मौलिकपक्षलाई समेट्नेगरी लोकतन्त्र र राष्ट्रियताको झण्डा बोकेर एकीकृत ढंगले आउनसके राप्रपाको भविष्यअझै बाँकीहुनसक्छ । तर, राप्रपामायस खालकोआदर्श र व्यवहारलाई दैनिकजीवनमाउतार्ने सर्वमान्य नेतृत्वनै देखिन्न ।

दोस्रो संविधानसभामाकुल ३७ सिटका साथ संसद्मा चौथो ठूलो दलको रूपमा स्थापित राप्रपागतआमनिर्वाचनबाट संसद्मा एक सिटमा खुम्चिनपुगेको छ ।७ सय ५३ स्थानीयतहमध्ये एउटा स्थानीयतहमामात्रै यो पार्टीको नेतृत्व छ । राष्ट्रिय राजनीतिमा सधैंचर्चामा आइरहने पूर्व प्रधानमन्त्रीलोकेन्द्रबहादुर चन्द, कमलथापा, पशुपतिशम्सेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्टजस्ता यस पार्टीका नेताहरूको नामअहिले आमजनताले बिर्सिन थालिसके । संघीयता खारेजीतथाहिन्दु राज्य र राजसंस्थाको पक्षलाई आफ्नो मुख्य एजेन्डा बनाएको राप्रपाको विगतको फुटको खलाअन्यदलको तुलनामा बढी नै हुने गरेको पाइन्छ । यो पार्टीको केहीवर्षको इतिहासलाई हेर्ने हो भने पनि यो एकतादिगो हुनेमा शंका गर्नुपर्ने प्रशस्त ठाउँपाइन्छ ।

दोस्रो संविधानसभामाकमलथापाले नेतृत्व गरेको राप्रपाले २५ सिट र पशुपतिशम्शेर जबराले नेतृत्व गरेको राप्रपाले १२ सिट ल्याएकाथिए । संविधान जारी गर्दा मधेशवादीदलहरूले आफ्नो एजेन्डा स्थापित गर्न जति बल गरे राप्रपा चौथो ठूलो दल हँुदापनित्यति बल गर्न सकेन । गणतान्त्रिक संविधानलाई करिब–करिब सहर्ष स्वीकार गरेर संविधानसभाबाट निस्किएको राप्रपाले अघिल्लो आमनिर्वाचनमाकतिजनमतगुमायो भन्ने कुरा सबैलाई जगजाहेर नै छ । गणतन्त्रवादी राप्रपा र राजसंस्थावादी राप्रपामिलाएर २०७३ सालमाएकतामहाधिवेशनगरिएको थियो ।

एकतामहाधिवेशनलगत्तै डा.लोहनीको नेतृत्वमाएकीकृत राप्रपा राष्ट्रवादी गठन भयो । २०७४ सालमापशुपतिशम्शेर राणाको नेतृत्वमा राप्रपाप्रजातान्त्रिक गठन भयो । केशरबहादुर विष्ट नयाँ पार्टी गठन गर्ने तयारीका साथ छुट्टै राष्ट्रिय शक्ति नेपालनामकअभियान सञ्चालन गरिरहेका छन् । राप्रपा नेता सुनिलबहादुर थापा नेपालीकांग्रेसमै समाहितभए । डा. लोहनी र राणाको नेतृत्वमा रहेका पार्टीबीचएकताभएर बनेको राप्रपा संयुक्त र थापाले नेतृत्व गरेको राप्रपाबीचअहिले एकतामहाधिवेशनहुँदैछ ।

गतआमनिर्वाचनको परिणामलाई हेर्ने हो भने करिब–करिब शून्यजनाधार रहेको राप्रपाको यो अधिवेशनबाट दोस्रो संविधानसभाको जस्तै जनाधार निर्माण गर्ने दिशामा अग्रसर हुनसक्छ कि सक्दैन,यहीआमचासोको विषय रहेको छ । तर, पछिल्लो समय संघीय गणतान्त्रिक व्यवस्थाकाबाहकमानिने एमाले, नेका, माओवादीलगायतप्रतिजनताको वितृष्णा बढेको, राजतन्त्रचाहिने आवाज सुनिनथालेका कारण राप्रपाले भोट बढाउनसक्छ । तर, यत्तिकै तयारीले वैकल्पिक राजनीतिकशक्तिबन्ने सम्भावना देखिन्न ।

प्रतिक्रिया दिनुहोस्