अर्बन इकोसिस्टम बेस्ट एडप्सन कार्यक्रम सुरु 



न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यका विकास प्राधिकरण अन्तरगत अर्बन  इकोसिस्टम बेस्ट एडप्सन कार्यक्रम सुरु भएको छ ।  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिरुवामा पानी राखेर कार्यक्रम शुभारम्भ गर्नुभयो ।  कार्यक्रममा उहाँले सानो बजेटको योजना भए पनि बरु थोरै ठाउँमा तर देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

यो प्रोजेक्ट युएन इनभाइरमेन्ट प्रोग्राम अन्तर्गत  अनुदान सहयोग हो । कार्यक्रममा उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले वातावरणीय अनुकूल सहर बनाउनको लागि कोही एक व्यक्ति वा एक संस्थाले मात्रै सम्भव छैन सबैको उतिकै ध्यान दिन आवश्यक छ, स्कुल बाट नै वातावरण सम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

ठुला ठुला देशले कार्बन उत्सर्जन गर्दा नेपाल जस्ता साना देशहरू त्यसको मारमा पर्ने भएता पनि हामी यसमा दोषी छैनौँ चाहिँ भन्न नमिल्ने बताउँदै उनले हामीले बानीमा सुधार गरेर हरियाली जोगाउने, रुख बिरुवा रोप्ने, घरको फोहोरलाई रियुज गर्ने जस्ता साना तिना कुराले पनि वातावरणलाई स्वच्छ राख्न सहयोग पु¥याउने जानकारी दिनुभयो ।

बिश्व जलवायु परिवर्तनका कारण पर्ने असर कम गर्न यस प्रोजेक्टले थोरै भए पनि योगदान दिने कुरामा आफूलाई विश्वास रहेको उल्लेख गर्नुभयो ।

प्राधिकरणले विभिन्न स्थानमा पार्क निर्माण, सार्वजनिक जग्गा संरक्षण गर्दै हरियाली बनाउने काम गरेर वातावरणमा पर्ने नकारात्मक असर कम गर्ने प्रयास गरिरहेको अवस्थामा अर्वन इविए कार्यक्रमले त्यसलाई समेत सहयोग पुग्ने र मानव मात्र नभएर समस्त प्राणीको लागि बस्न लायक सहर निर्माणमा भूमिका खेल्ने बताउँदै वातावरणीय अनुकूल सहर बनाउनको लागि सम्पूर्ण सरकारी, गैरसरकारी, प्राइभेट संस्था सँगै हरेक व्यक्तिको पनि उतिकै योगदान रहनु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्