महिला र चरम यौनसुख



  • डा. राजेन्द्र भद्र

पहिले–पहिले महिलाले यौन चरम सुख प्राप्त गर्न नसक्ने विश्वास गरिन्थ्यो । विशेष गरी पश्चिमी साहित्यमा यस्तो उल्लेख गरेको हुन्थ्यो । पूर्वीय समाजमा यौन सम्पर्क शब्दको प्रयोग मात्रै नगरी ‘सम्भोग’ शब्दको प्रयोग हुनुले परपूर्वकालदेखि नै पुरुष तथा महिला दुवैले यौनसुख पाउने कुरालाई संकेत गरेको पाइन्छ ।

हामीले इन्द्रियहरुबाट सन्देशहरु ग्रहण गर्छौं । त्यो मस्तिष्कसम्म पुग्छ अनि चेतनरुपमा हामीले सो कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुराहरु पनि यसै गरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छ । विभिन्न स्रोत अर्थात् अङ्गहरुबाट सन्देशहरु स्नायु प्रणालीका नसाहरु हुँदै विद्युतीय तरङ्ग वा रसायनहरुको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् ।

त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले सो कुरा थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देशहरु प्राप्त भएमा सो व्यक्तिमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुन सक्छ ।

इन्द्रियहरूबाट यौन उत्तेजक सन्देश विशेष गरेर हामीले यौन संवेदनशील अङ्गहरूबाट प्राप्त गर्दछौं । हाम्रा कतिपय अङ्गहरू विशेष गरी यौन संवेदनशील हुन्छन् । यी अङ्गहरूले यौन चरम सुख प्राप्त गर्न सहयोग गर्दछन् ।

यौन संवेदनशील अङ्गहरू

महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौन अङ्ग ठानिन्छ । योनि पक्कै नै यौन संवेदनशील हुन्छ तर महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन । महिलाको शरीरमा भएको प्रमुख यौन अङ्ग भगाङ्कुर हो ।

किनकि यो सबैभन्दा बढी यौन संवेदनशील हुन्छ । त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) इत्यादि । छालालाई हामीले यौन अङ्गको रुपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौनसुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँघ, तिघ्राको भित्री भाग, धाँटी, काखी पनि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छ, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।

भगाङ्कुर के हो ?

महिलाका अन्य यौन अङ्गको तुलनामा भगाङ्कुरको अस्तित्व र संरचनाको बारेमा तुलनात्मकरुपमा कमै मात्र ज्ञान भएको पाइन्छ । महिला शरीरमा भएको यो नै शायद सबैभन्दा महत्वपूर्ण यौन अङ्ग हो । भगक्षेत्रको माथिल्लो भागतिर भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिने ठाउँमा यो भगाङ्कुर स्थित हुन्छ ।


भगाङ्कुरको टुप्पोको भागलाई पनि पुरुषको जस्तै अंग्रेजीमा ग्ल्यान्स (नबिलक) नै भनिन्छ । व्यक्ति–व्यक्तिअनुसार यसको आकार फरक–फरक हुन सक्छ तर यसको आकार केराउको दाना जत्रो हुन्छ । यसको साफ्ट ९कजबात० भने शरीरमा जोडिएको हुन्छ । यस भगाङ्कुरलाई छालाको एक पत्रले छोपेको हुन्छ, जसलाई क्लाइटोरल हुड भनिन्छ । यस भगाङ्कुरको ग्ल्यान्समा स्नायु धेरै हुने भएकोले यो अति नै यौन संवेदनशील हुन्छ र स्पर्श गर्दा वा यौन उत्तेजनाको बेलामा पुरुषको लिङ्गजस्तै उत्तेजित हुने गर्दछ ।

बाहिरतिरबाट हेर्दा सानो भाग मात्र देखिने भए पनि यो त्यति सानो भने हुँदैन । यसको ग्ल्यान्सको साफ्ट भित्रतिर गएको हुन्छ र अंगे्रजीको उल्टो भी आकारमा एक जोडी खुट्टा ९अचगचब० भित्रतिर फैलिएको अवस्थामा हुन्छ । अझै पनि यो अङ्गको आकारको बारेमा केही विवाद छ । केहीका अनुसार ग्ल्यान्सको सालाखाला नाप ५.५ मिलिमिटर हुन्छ भने यसको साफ्ट ९दयमथ० को लम्बाइ सालाखाला १६ मिलिमिटर हुन्छ ।

अन्य अध्ययनहरूले भगाङ्कुर निकै ठूलो हुन सक्ने देखाएको छ, जसअनुसार यसको साफ्टको लम्बाइ ५ देखि ७ से.मि. र खुट्टासहित १० से.मि. अर्थात् ३.९ इन्च वा सो भन्दा बढी हुन सक्ने भनिएको छ । यस अर्थमा पहिले ठानिएको भन्दा यो निकै ठूलो अङ्ग मान्नुपर्दछ । यति ठूलो भए पनि सानो भाग, टुप्पो मात्र देखिने भएर पनि यसको नाम भग (योनि) को अङ्कुर’ अर्थात् ‘भगाङ्कुर’ रहेको हुन सक्छ ।

यौनसुखमा भगाङ्कुरको भूमिका

कुनै समयमा यसलाई खासै महत्व नभएको अङ्गको अवशेष अर्थात् मानव विकासको क्रममा हराएर जाने अङ्ग हो भन्ने ठानिन्थ्यो । अझै पनि महिलाको यो महत्वपूर्ण अङ्गको सन्दर्भमा विभिन्न दृष्टिकोण, अनेक विवाद र बहस हुने गरेका छन् । उदाहरणका लागि शारीरिक संरचनाको वर्णन कत्तिको सही छ, लैङ्गिक समानता, चरम सुख पाउने कुरा, जी स्पट ९न्९कउयत० को कुरा आदि ।

यसको कार्यको कुरा गर्ने हो भने महिलालाई यौनसुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ । त्यसैले महिलाको हकमा यो एक प्रमुख यौन अङ्ग हो । सानो भए पनि पुरुषका लिङ्गमा भएका जति नै वा सो भन्दा बढी स्नायु यसमा हुने भएकाले यो अति धेरै यौन संवेदनशील हुने गर्दछ भनिन्छ ।

यस भगाङ्कुरको प्रत्यक्ष घर्षण वा मर्दन गर्दा त यौन उत्तेजना प्राप्त हुन्छ नै, चरम सुख प्राप्त गर्नसमेत सहयोग पुग्छ । यसका साथै महिलाको भगक्षेत्रमा हुने सानो भगोष्ठ, ठूलो भगोष्ठ मात्रै होइन कि लिङ्ग–योनि मैथुनको बेलामा पनि अप्रत्यक्षरुपमा भगाङ्कुरलाई नै उत्तेजित पार्ने कार्य हुन्छ ।

यति मात्रै होइन, गुदा मैथुनमा समेत यौन उत्तेजना प्राप्त गर्न यसको भूमिका हुने गर्दछ भनिन्छ । तर दुःखको कुरा के भने, अझै पनि कतिपय महिला अनि यौन साथी वा पुरुषहरूलाई प्रमुखरुपमा महिलालाई यौनसुख दिने यस अङ्गको बारेमा राम्ररी थाहा छैैन ।

प्रकृतिले शायद प्रजनन कार्यको लागि उत्प्रेरित होओस् भनेर यौनसुख इनामको रुपमा राखेको हुनुपर्छ । तर अहिले प्रजननको आवश्यकता खासै नभएको स्थितिमा यौनसुख प्राप्तिमा हामी निकै केन्द्रित भएका हुन्छौं । विवाहित जीवनको सन्दर्भमा पनि सन्तान जन्माउनभन्दा यौनसुख प्राप्ति मुख्य ध्येय बनेको हुन्छ ।

कतिपयले यौनसुख प्राप्त गर्न विवाहित हुनुपर्ने वा अर्को व्यक्तिको सहयोग अपरिहार्य नै छ भनेर सोच्ने गर्दछन् । विवाहित जीवन होस् वा सो भन्दा पहिले वा पछि महिला अर्को व्यक्ति नै चाहिन्छ भन्ने छैन । हस्तमैथुन गरेर पनि यौन आनन्द लिन सकिन्छ ।

धेरैजसो स्थितिमा लिङ्ग–योनि मैथुन गर्दा पुरुष घोप्टो परेर माथितिर र महिला उत्तानो परेर तलतिर रहेर यौन सम्पर्क गर्दा भगाङ्कुरको प्रत्यक्ष घर्षण हुने गर्दैन र महिलाले यसको लाभ लिन सक्दैनन् । महिला माथितिर रहेर र अन्य यौन आसन तथा गति चाल प्रयोग गरेर यौन सम्पर्कको बेलामा यसको प्रत्यक्ष घर्षणमा सहयोग गर्न सकिन्छ । पुरुष यौनसाथीले भगाङ्कुरको घर्षण हुने किसिमले यौन आसनमा विविधता ल्याएर महिलालाई यौनसुख प्राप्त गर्नमा सहयोग गर्न सक्छन् ।

त्यसै गरी महिला समलिङ्गीहरूले पनि एक–अर्काको भगक्षेत्रको घर्षण गराएर यौन आनन्द प्राप्त गर्न सहयोग गर्न सक्छन् । अर्को सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने, भगाङ्कुरको घर्षण वा मर्दन गरी उत्तेजित गर्ने सबैभन्दा सहज तरिका औंलाले नै यसलाई चलाउनु हो । साथै यसमा आफ्नो यौनजोडीको पनि महत्वपूर्ण भूमिका हुन्छ, जसबाट यौन चरम सुख प्राप्त गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्